भारत-पाकिस्तान तनावले नेपालमा पर्ने असरबारे सुरक्षा परिषद्को बैठकमा छलफल

भारत-पाकिस्तान तनावले नेपालमा पर्ने असरबारे सुरक्षा परिषद्को बैठकमा छलफल

काठमाडौं : भारत र पाकिस्तानबीच हालैको तनावपछि त्यसको नेपालमा पर्न सक्ने असरबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा छलफल भएको छ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको ३८ औं बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म विश्लेषण गरियो। 

भविष्यमा यस्ता घटना दोहोरिएमा नेपालले कसरी सामना गर्ने भन्नेबारे रणनीति बनाउनुपर्ने कुरा उठेको रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य-सचिव रामेश्वर दङ्गालले बताए।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिव पनि सहभागी थिए।

वैशाख २५, २०८२ बिहीबार १४:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।