भारतीय ड्रोन आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु, चार सैनिक घाइते

भारतीय ड्रोन आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु, चार सैनिक घाइते

एजेन्सी : बिहीबार भारतले गरेको ड्रोन आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार मियानोमा भएको आक्रणमा एक जनाको मृत्यु भएको बताए।

उनले लाहोरमा भएको ड्रोन आक्रमणमा चार पाकिस्तानी सैनिक घाइते भएको जानकारी दिए। प्रवक्ता चौधरीका अनुसार भारतले लाहोर, गुजरानवाला, चकवाल, रावलपिंडी, मियानो, चोर र कराँचीमा ड्रोन आक्रमण गरेको थियो।

पाकिस्तानी सेनाले कम्तीमा १२ वटा भारतीय ड्रोन खसालेको उनको दाबी छ। यो घटना भारतको बुधबारको हवाई आक्रमणपछिको तनावको पृष्ठभूमिमा भएको हो।

वैशाख २५, २०८२ बिहीबार १४:११:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।