सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।

बुधबार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुन आज एक लाख ९२  हजार २ सय कारोबार भईरहेको छ।

त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

वैशाख २५, २०८२ बिहीबार १२:२८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।