सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी कालिदास धौवजीलाई

सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी कालिदास धौवजीलाई

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिएको छ।

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनी मुख्यालय, पकली (सुनसरी)मा बाहिनीपति पदमा सरुवा गरिएपछि धौवजीलाई यो जिम्मेवारी दिइएको हो।

डीआईजी धौवजी यसअघि सशस्त्र प्रहरी बलको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति थिए।

उनीसँग मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ।

वैशाख २५, २०८२ बिहीबार ०९:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।