आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

आईपीएलमा चेन्नईले कोलकातालाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।

गए राति भएको खेलमा कोलकाता २ विकेटले पराजित भएको छ।

सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले ८ विकेटको क्षतिमा १९.४ ओभरमा १८३ रन बनाएर लक्ष्य पूरा गरेको हो।

यो जितसँगै प्लेअफमा पुग्ने कोलकाताको सम्भावना कमजोर भएको छ। चेन्नई भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको छ।

चेन्नई अंकतालिकाको दशौँ र कोलकाता छैटौँ स्थानमा छन्।

वैशाख २५, २०८२ बिहीबार ०८:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।