भारत-पाकिस्तानको अवस्थालाई नजिकबाट निहालिरहेको छौं, दुवै पक्षसँग सम्पर्कमै छौँ : अमेरिका

एनेन्सी : अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट निहालिरहेको बताएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो घटनालाई नजिकबाट नियालिरहेको र दुवै पक्षसँग सम्पर्कमा नै रहेको बताएका हुन्।
‘दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्ने जिम्मेवार समाधानतर्फ काम गर्न आग्रह गर्छन्’, प्रवक्ताले भने।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको भनाइ दोहोर्याउँदै झडप चाँडै समाप्त हुनेछ र शान्तिपूर्ण समाधानतर्फ काम गरिने विश्वास व्यक्त गरे।
वैशाख २५, २०८२ बिहीबार ०७:२९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।