विदेशमा भ्रष्टाचारको धन रहेको तर ल्याउन नसकेको अख्तियार प्रमुख राईको दाबी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले सिंगापुर, अमेरिका लगायतको देशमा पुगेको भष्ट्राचारको पैसा फिर्ता ल्याउन नसकेको दाबी गरे।
नेपालमा भ्रष्टाचार गरेर पैसा विदेश लैजाने क्रम बढिरहेको छ। विभिन्न देशमा प्रभावशाली व्यक्तिहरूले अकुत धन लगेर थुपार्ने गरेको, व्यवसायीहरूले ट्याक्स छल्न सहज हुने देशहरूमा कम्पनी खोलेर कालो धनलाई शुद्धीकरण गरिरहेको सार्वजनिक भए पनि अख्तियारले त्यसलाई जफत गर्न भने सकेको छैन।
बुधवारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारले बाइल्याइटर अग्रिमेन्ट नगरेकाले भष्ट्राचारको पैसा खुले पनि ल्याउन नसकेको दाबी गरे। उनले सिंगापुरले एग्रिमेन्ट गरेर पैसा लैजान भनेको समेत जानकारी लिए।
वैशाख २४, २०८२ बुधबार १८:३२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।