नेपाल राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझायो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ।नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले बुधवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएकी हुन्।
कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराएकी थिइन्।
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताएका थिए।
वैशाख २४, २०८२ बुधबार १८:२२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।