फिल्म ‘कोशेढुङ्गा’ मा गायक खेम सेन्चुरीको गीत

फिल्म ‘कोशेढुङ्गा’ मा गायक खेम सेन्चुरीको गीत

काठमाडौं : गायक खेम सेन्चुरी फिल्म कोशेढुङ्गामा अनुबन्धित भएका छन्। सरोज पौडेलको निर्देशनमा बन्ने फिल्ममा उनको संगीत रहेको गीत रहने निर्माण पक्षले जानकारी दिएको छ।

खेम ‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काँडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आँखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतका संगीतकार र गायक हुन्।

कोशेढुंगा टिमले भदौ १२ मा फिल्म रिलिज गर्नेगरि तयारी गरिरहेको छ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन्।

फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, मन्जिल कुमार अनुबन्ध भइसकेका छन्।

वैशाख २४, २०८२ बुधबार १८:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।