सुर्खेतमा बीपी क्यान्सर अस्पतालको चौथो क्यान्सर सेवा अभियान, १२६ जना लाभान्वित

सुर्खेतमा बीपी क्यान्सर अस्पतालको चौथो क्यान्सर सेवा अभियान, १२६ जना लाभान्वित

सुर्खेत : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरबाट आएको चिकित्सक टोलीले सुर्खेतमा १२६ जनालाई क्यान्सर परीक्षण तथा उपचार सेवा दिएको छ।

कार्यकारी निर्देशक डा. शिवजी पौडेलको नेतृत्वमा चितवनबाट सुर्खेत पुगेको टोलीले प्रादेशिक अस्पताल सुर्खेतमा पाठेघर, नाक-कान-घाँटीसम्बन्धी क्यान्सर परीक्षण तथा शल्यक्रिया सेवा सञ्चालन गरेको हो।

पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएका ६२ मध्ये १२ जनामा भीआईए पोजिटिभ देखिएको छ। एक-एक जनामा सिए सर्भिक्स र सिए ओभरी पत्ता लागेको अस्पतालले जनाएको छ।

टोलीले सुर्खेतमै चार जनाको नाक, कान र घाँटीसम्बन्धी क्यान्सरको शल्यक्रिया समेत गरेको छ।

त्यहाँ डा. विवेक कँडेल, डा. सुनिल ढकाल, डा. सिरता राना, डा. विजय न्यौपाने, नर्सिङ चिफ अनिता देवकोटा र वरिष्ठ स्टाफ नर्स मनिता ढकालले सेवा दिएका थिए। टोलीको प्रशासनिक व्यवस्थापन भने सदस्य सचिव रमेश शर्मा पौडेलले गरेका थिए।

प्रादेशिक अस्पताल सुर्खेतबाट डा. केशर ढकाल, डा. विकास केसी र डा. उपेन्द्रकृष्ण रेग्मी नेतृत्वको टोलीले पनि सहकार्य गरेको थियो।

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार, बीपी क्यान्सर अस्पतालले कर्णाली प्रादेशिक अस्पतालसँगको सहकार्यमा यो चौथो पटक क्यान्सर सेवा सञ्चालन गरेको हो।

वैशाख २४, २०८२ बुधबार १४:०५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।