काठमाडौंको भैरव मन्दिर परिसरमा शव भेटियो

काठमाडौं : काठमाडौंको भैरव मन्दिर परिसरमा एक व्यक्ति मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर-८ उमाकुण्डस्थित भैरव मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार मृत पुरुष अन्दाजी ४५ वर्षका छन्। उनी बुधबार विहान मृत अवस्थामा भेटिएका हुन्।
शव भेटिएसँगै प्रहरीले मृत भेटिएको स्थानको सीसीटिभी फुटेज रपछिल्ला केही दिनदेखिको मानिस हराएका उजुरीहरू हेर्न थालेको छ।
त्यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-१ उमरी बस्ने ४६ वर्षीया लक्ष्मी थारू पनि आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।
अर्कोतर्फ बाँकेको नेपालगंज उपमहानगरपालिका-१४ बालेगाउँस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।
तीनै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान थालेको छ।
वैशाख २४, २०८२ बुधबार १३:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।