शंकरगढमा पाकिस्तानले खसाल्यो भारतीय ड्रोन

शंकरगढमा पाकिस्तानले खसाल्यो भारतीय ड्रोन

एजेन्सी : पाकिस्तानले आफ्नो सीमामा घुसपैठ गरेको भारतीय ड्रोनलाई खसालेको छ।

पाकिस्तानको सरकारी टेलिभिजन पीटीभीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै पञ्जाब प्रान्तको शंकरगढ क्षेत्रमा मंगलबार बिहान उक्त ड्रोन खसालिएको जानकारी दिएको हो।

पीटीभीले भनेको छ, ‘आज बिहान एक भारतीय ड्रोनमार्फत सीमामा घुसपैठ गर्ने असफल प्रयास भयो। पाकिस्तान रेंजर्सले सतर्कता अपनाउँदै तत्काल उक्त ड्रोनलाई खसाल्न सफल भए।’

भारतले भने यस सम्बन्धमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर पाकिस्तान प्रशासित कश्मीर (पिओके) र पाकिस्तानमा भारतले गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् दुवै देशबीचको सीमा क्षेत्रमा सैनिक तनाव बढ्दो छ।

بھارت کا بزدلانہ حملہ/پاک فوج نے ایک اور بھارتی ڈرون مار گرایا

شکر گڑھ سیکٹر میں بھارتی فوج کا ڈرون پاکستان رینجرز نے مار گرایا ، سیکیورٹی ذرائع

ڈرون کے ذریعے در اندازی کی ناکام کوشش صبح کے وقت کی گئی ، سیکیورٹی ذرائع

پاک فوج دشمن کی ہر جارحیت کا منہ توڑ جواب دینے میں مصروف،… pic.twitter.com/MTkGsgZdA5

— PTV News (@PTVNewsOfficial) May 7, 2025

यसअघि, पाकिस्तानले भारतको कारबाहीमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको जनाएको थियो, जबकि भारतले आतंकवादी पूर्वाधारमाथि केन्द्रित र ‘गैर-उत्तेजक’ कारबाही भएको दाबी गर्दै आएको छ।

सीमा क्षेत्रमा तनाव चुलिँदै जाँदा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै पक्षलाई आह्वान गर्दै आएको छ।

सम्बन्धित समाचार:

वैशाख २४, २०८२ बुधबार १३:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।