चीनले भन्यो- भारतको कारबाही 'खेदजनक'

चीनले भन्यो- भारतको कारबाही 'खेदजनक'

बेइजिङ : चीनले भारतले पाकिस्तान विरुद्ध गरेको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेर आलोचना गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई जोखिममा पार्नसक्ने बताएका छन्।

बुधबार एक प्रेस ब्रिफिङमा पत्रकारहरूले दक्षिण एशियामा भारत र पाकिस्तानबीच बढ्दो तनावको बारेमा सोध्दा चीनले यस्तो प्रतिक्रिया दिएको हो।

विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामी क्षेत्रमा बढ्दो तनावलाई गम्भीर चिन्ताको साथ हेरिरहेका छौँ। हामी दुवै पक्षलाई संयमता अपनाउन, शान्ति कायम राख्न र कुनै पनि यस्तो कारबाही नदोहोर्याउन आग्रह गर्छौँ।’

कुनै पनि एकतर्फी सैन्य कार्यवाहीले स्थितिलाई अझ जटिल बनाउे र क्षेत्रीय शान्तिलाई बिगार्न सक्ने बताउँदै चीनले यस अवसरमा दुवै देशहरूबीच वार्ता मार्फत मतभेद समाधान गर्न आह्वान गरेको छ।

यसअघि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेपछि पाकिस्तानले पनि उचित समय र स्थानमा जवाफी कारबाहीको चेतावनी दिएको छ।

भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न राष्ट्र हुन्। यसैले यस क्षेत्रमा तनाव बढ्दै जानु अन्तर्राष्ट्रिय समुदायका लागि ठूलो चिन्ताको विषय हो। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ।

वैशाख २४, २०८२ बुधबार १०:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।