भारत प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा विद्यालय तथा कलेज बन्द

एजेन्सी : भारत र पाकिस्तानबीच जारी तनावका कारण भारत प्रशासित कश्मीरका केही क्षेत्रहरूमा आज विद्यालय, कलेज र सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएका छन्।
प्रशासनले जम्मु, साम्बा, कठुआ, राजौरी र पूँछ जिल्लाहरूमा रहेका सामुदायिक तथा निजी शैक्षिक संस्था सबै आजका लागि बन्द रहने घोषणा गरेको छ। सुरक्षा अवस्था बिग्रिनसक्ने अनुमानसहित यस्तो निर्णय गरिएको जनाइएको छ।
यसअघि आजै बिहान भारतीय सेनाले पाकिस्तानले भिम्बेर गली क्षेत्रमा तोपखाना आक्रमण गरेको गरेको थियो। सो स्थान भारत प्रशासित कश्मीरको सीमावर्ती क्षेत्रमा पर्दछ।
स्थानीय बासिन्दाहरूले विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनेको बताएका छन्। उनीहरूका अनुसार रातभरि कैयौँ स्थानमा विस्फोटको आवाज आइरहेको छ, जसले त्यहाँको जनजीवन अत्यन्त प्रभावित भएको छ।
स्थिति नियन्त्रणमा ल्याउन स्थानीय प्रशासन, सेना र सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन्।
वैशाख २४, २०८२ बुधबार १०:०७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।