शौचाललयमा लड्दा घाइते भए प्रचण्ड

शौचाललयमा लड्दा घाइते भए प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन्।

उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्।

उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

टाँचा तथा अन्य उपचार गरी उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको छोरी गंगाले बताइन्।

वैशाख २४, २०८२ बुधबार ०८:५४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।