भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोर्ने पक्राउ

काठमाडौं : काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको ग्रोसरी सेक्सनबाट चोरी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दोलखाका विमल श्रेष्ठ हुन।
उनले भाटभटेनीबाट महँगो मदिरा, चुरोट र काजु-पिस्तालगायत रु २ लाख १८ हजार बराबरका सामान चोरी गरेका थिए।
उनलाई प्रहरीले भक्तपुरको थिमीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई आज सार्वजनिक गरेको छ। उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
वैशाख २३, २०८२ मंगलबार २१:५५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।