यामाहाका स्पेयर पार्टसहरू दराजबाटै किन्न पाइने

यामाहाका स्पेयर पार्टसहरू दराजबाटै किन्न पाइने

काठमाडौं : अब यामाहाका स्पेयर पार्टसहरू दराजबाटै किन्न सकिने भएको छ।  

यामाहा नेपालले आफ्ना मोटरसाइकल र स्कुटर स्पेयर पार्टसहरू अनलाइन सपिङ प्लेटफर्म दराजमा उपलब्ध गराएको छ।यसबाट सवारीधनीहरूले जुनसुकै ठाउँ र समयमा स्पेयर पार्टसहरू सजिलै खरिद गर्न सक्नेछन्।

दराजमार्फत देशभर डेलिभरी हुने भएकाले ग्राहकले शोरूम धाउनुपर्ने झन्झट बिना मोबाइलबाटै अर्डर गर्न सक्छन्। यसले यामाहाको आफ्टर सेल्स सर्भिसलाई डिजिटल युग अनुकूल छिटो, सहज र भरपर्दो बनाएको छ।

वैशाख २३, २०८२ मंगलबार २१:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।