‘काईई एक्सचेन्ज कर्निभल २०८२’ शुक्रबारबाट हुने

काठमाडौं : काईई नेपालले ‘काईई एक्सचेन्ज कर्निभल २०८२’ गर्ने भएको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईई शोरूम नजिकै तथा हुण्डाई शोरूमको अगाडि कर्निभल आयोजना हुने छ।
सुविधाजनक सर्त, बचत र उत्सवको संयोजनमा आधारित यो कर्निभलले विद्युतीय सवारीप्रेमी र परिवारलाई लक्षित गर्दै विशेष अफर र मनोरञ्जनको प्याकेज ल्याएको छ।
एक्सचेन्ज कर्निभलको अवधिमा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी मूल्यांकन गराउन सक्नेछन् । यससँगै, काईईले विशेष एक्सचेन्ज बोनस, नगद छुट, र रोड कर तथा बीमा शुल्कको पूरै खर्च समेत उपलब्ध गराउने घोषणा गरेको छ।
काईई नेपालले यस कर्निभलमा आफ्ना तीन प्रमुख इलेक्ट्रिक मोडलहरू- E-Qute 02, E-Qute 04 र X3 Pro EV प्रस्तुत गर्दैछ। यी सवारीहरू दिगो प्रविधिका साथै आराम, स्टाइल, सुरक्षा र प्रदर्शनमा उत्कृष्ट छन्।
कर्निभलमा संगीत, रमाइला खेलहरू र परिवारका लागि लक्षित गतिविधिहरू पनि समावेश गरिएको छ। उत्सवमय वातावरण, रोचक सरप्राइज र समुदायबीचको सामूहिक सहभागिता यस कार्यक्रमका मुख्य विशेषता हुन्।
काईई नेपालले विद्युतीय सवारीप्रेमी, र नयाँ गाडी किन्न चाहने ग्राहकहरूलाई ‘एक्सचेन्ज कर्निभल २०८२’ मा सहभागी हुन आमन्त्रण गरेको छ।
वैशाख २३, २०८२ मंगलबार २१:११:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।