एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटे

एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली भुक्तानी नेटवर्क (एपिएन) को २१ औँ फोरमका सहभागीले आज भेट गरेका छन्।

फोनपेले आयोजना गरेको सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिले प्रधानमन्त्री निवास, बालुवाटारमा पुगेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा छलफल भयो। 

प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे।

वैशाख २३, २०८२ मंगलबार २०:४६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।