एनआरएनएमा छुटेकाहरूलाई समेट्न आरजुको सुझाव

एनआरएनएमा छुटेकाहरूलाई समेट्न आरजुको सुझाव

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा छुटेकाहरूलाई समेट्न सुझाव  दिएकी छन्।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई बधाई दिन परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राणाले छुटेको समूहलाई पनि समेट्न आह्वान गरिन्।

‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ,’मन्त्री राणाले भनिन्।  यसैगरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागतरूपमा किनारा लगाउँदै जाने उनले  प्रतिबद्धता जनाइन्।

मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बेस्डर भएको बताउँदै सरकारसँग  सहकार्य गरेर नेपालको उन्नतीमा  साथ दिन अपिल पनि गरिन्। मध्यपूर्व, खाडी मात्र नभइ संसारका विभिन्न ठाउँमा अप्ठ्यारोमा परेका नेपालीहरूको संरक्षण गर्ने दायित्व सरकारको भएको बताउँदै त्यसमा मन्त्रालयले एनआरएनसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रष्ट पारिन्।

वैशाख २३, २०८२ मंगलबार १९:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।