भरतपुर अस्पतालमा मुटु उपचार र जलन वार्ड सेवा शुरू

भरतपुर अस्पतालमा मुटु उपचार र जलन वार्ड सेवा शुरू

चितवन : भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि आवश्यक क्याथ ल्याब र जलन वार्ड सेवा औपचारिक रूपमा शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार दुबै सेवाको उद्घाटन गरे।

राजधानीमै सीमित विशिष्ट उपचारलाई प्रदेशस्तर सम्म विस्तार गर्ने लक्ष्यसहित मन्त्री पौडेलले स्वास्थ्य पूर्वाधारको विस्तारलाई तीव्रता दिएको मन्त्री पौडेलले बताए। 

उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले भरतपुर अस्पतालमा स्थापना गरिएको क्याथ ल्याबले स्थानीय तथा प्रदेशवासीलाई छिटो, सुलभ र प्रभावकारी मुटु उपचार सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

त्यसैगरी अस्पतालमा नवनिर्मित जलन वार्ड पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ। मन्त्री पौडेलले जलनका गम्भीर बिरामीका लागि अब स्थानीयस्तरमै सेवा सहज बनाइएको बताए। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार, वैशाख महिनामा शुरू गर्ने भनिएको तालिकाअनुसार हालसम्म आठ नयाँ सेवा शुरू भइसकेका छन्। 

वैशाख २३, २०८२ मंगलबार १८:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।