‘चैत्र १५ मा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न ज्ञानेन्द्रको शासन आउनुपर्छ’

काठमाडौं : चैत्र १५ को राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नुपर्ने माग प्रति सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असन्तुष्टि पोखेका छन्।
‘राजावादी आन्दोलनमा ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनुपर्ने ?’ मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रश्न गरे।
वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पार्दै उनले ज्ञानेन्द्रको शासन आएमात्र त्यो सम्भव रहेको बताए।
‘चैत्र १५ गतेको राजावादीको सत्ता विरुद्धको आन्दोलन हो। उनीहरुले सरकार विरुद्धमा अराजकता फैलाए। गणतन्त्र समाप्त पार्न लागेका छन्...राजा ज्ञानेन्द्रको शासन आयो भने उसले सहिद घोषणा गर्ने हो, हामीले गर्ने होइन्,’ उनले भने ।
वैशाख २३, २०८२ मंगलबार १६:४१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।