‘क्रोएसिया पठाइदिन्छु’ भन्दै ठगी गर्ने स्याङ्तान बौद्धबाट समातिए

‘क्रोएसिया पठाइदिन्छु’ भन्दै ठगी गर्ने स्याङ्तान बौद्धबाट समातिए

काठमाडौं : क्रोएसिया पठाइदिन्छु भन्दै एक युवाबाट लाखौँ रुपैयाँ ठगी गर्ने राजिन स्याङ्तान आइतबार काठमाडौंको बौद्धबाट पक्राउ परेका छन्।

शंखरापुर नगरपालिका–४ का ३७ वर्षीय स्याङ्तानले एक व्यक्तिसँग क्रोएसिया पुर्याइदिने भन्दै ३ लाख ७५ हजार रुपैयाँ लिएका थिए। पैसा लिएपछि उनी सम्पर्कविहीन भएका थिए।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–६ स्थित बौद्धबाट पक्राउ गरेको हो।

पक्राउ परेका स्याङ्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
 

वैशाख २३, २०८२ मंगलबार १६:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।