सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको डा वाग्लेको निष्कर्ष

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको डा वाग्लेको निष्कर्ष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई थाकेको सरकारले जाँगर नचलाइ ल्याएको पुरानै कार्यक्रमको सूची भने। 

उनले नीति तथा कार्यक्रमलाई बजेटको सिलसिलेवार मिलेको, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिए, कृषिलाई व्यापारसँग जोडिएको भन्दै नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय नदेखिएको बताए।

सरकार गठनको क्रममा नेपाली कांग्रेस र एमाले बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने भनिए पनि व्यवहारमा शून्य देखिएको उनको भनाइ छ । 

कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरे पनि सरकार गठन भएको १० महिनासम्म संशोधनको विषय बाहिर ल्याउन नसकेको उनले बताए।  

वाग्लेले नीति तथा कार्यक्रममा समावेश उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनको व्यावहारिक रूपमा कार्यान्वयन गरेको खण्डमा आफ्नो पार्टीले समर्थन गर्ने प्रतिबद्धता जनाए। आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि विधेयकमा आफ्नो पार्टीले सरकारलाई सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै नीति तथा कार्यक्रममा भौतिक परियोजनाको पुनः प्राथमिकीकरण गर्ने विषय सकारात्मक भएको टिप्पणी गरे।  

वैशाख २३, २०८२ मंगलबार १५:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।