अमेरिकामा १२ हजार शरणार्थी प्रवेश गराउन ट्रम्पलाई अदालतको आदेश

अमेरिकामा १२ हजार शरणार्थी प्रवेश गराउन ट्रम्पलाई अदालतको आदेश

एजेन्सी : अमेरिकी जिल्ला न्यायाधीश जमाल ह्वाइटहेडले सोमबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई करिब १२ हजार शरणार्थीलाई अमेरिका प्रवेश गराउन आदेश दिएका छन्। यो आदेशले ट्रम्प प्रशासनको आप्रवासन नीतिमाथि धक्का लागेको छ।

यसअघिको अपील अदालतको फैसलाले शरणार्थी प्रवेश प्रणाली निलम्बन गर्ने अधिकार ट्रम्प प्रशासनलाई दिएको थियो, तर पूर्व स्वीकृति प्राप्त शरणार्थीहरूलाई भने स्वीकार गर्नुपर्ने स्पष्ट गरेको थियो। 

ट्रम्प प्रशासनले तीमध्ये जनवरीमा तालिका बनाइएका १६० जनालाई मात्र अनुमति दिनुपर्ने तर्क गरे पनि न्यायाधीश ह्वाइटहेडले यो व्याख्या गलत र भ्रामक भएको बताए।

‘सरकारको व्याख्या उच्च स्तरको व्याख्यात्मक बेइमानी हो,’ ह्वाइटहेडले आदेशमा लेखेका छन्। उनले अपील अदालतको निर्णयलाई गलत रूपमा व्याख्या गर्न खोजिएको भन्दै सरकारको दाबी खारेज गरे।

यो मुद्दा यहुदी संस्था एचआइएएस, चर्च वर्ल्ड सर्भिस, लुथरन कम्युनिटी सर्भिसेस नर्थवेस्टलगायतका समूहहरू तथा शरणार्थीहरूद्वारा दायर गरिएको थियो।

शरणार्थी पुनःस्थापनालाई अमेरिकी नागरिकताका केही कानुनी मार्गहरूमध्ये एक मानिन्छ, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले व्यापक बनाएर जलवायु पीडितहरूलाई पनि समेट्ने प्रयास गरेका थिए। ट्रम्प प्रशासन भने आप्रवासीहरूविरुद्ध कडा नीति अपनाउँदै निर्वासनमा सैन्य उडानसमेत प्रयोग गरिरहेको थियो।

वैशाख २३, २०८२ मंगलबार १५:०३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।