स्वास्थ्य सेवाको गुणस्तर बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक रहेको धारणा राखे।
‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समानपहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो’, उनले भने।
उनले संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवाभावको दृष्टिकोणले हेर्ने विश्वास व्यक्त गरे। हालदेशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु हाम्रा लागि खुसीको विषय भएको उनको भनाइथियो। ‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुनथालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक पटकभन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणामचिकित्सकहरू विदेशिने क्रमबढ्नु चिन्ताको विषयहो, यसलाई रोक्न सम्बद्धपक्षले उपर्युक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपति पौडेलले भने।
उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आमनागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवाप्रदानगर्दै आउनु खुशीको विषय हो भन्दै आगामीदिनमा सेवा क्षेत्रलाई थपव्यापकबनाउन, स्वास्थ्य सेवामानव प्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही शिक्षणअस्पतालको रुपमा यसले चिकित्सा शिक्षामामहत्वपूर्ण योगदान पुर्याउँदै भविष्यमा नयाँनयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे।
वैशाख २३, २०८२ मंगलबार १४:२७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।