नेपाल लाइफले २४औं वार्षिकोत्सव भव्यताका साथ मनायो

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २४औं वार्षिकोत्सव देशव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गर्दै भव्य रूपमा मनाएको छ।
यस अवसरमा कम्पनीले देशभर रक्तदान, स्वास्थ्य शिविर तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरेको छ।
सातै प्रदेशमा सञ्चालन गरिएको रक्तदान अभियान अन्तर्गत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९ जनाले रक्तदान गरे।
यसका अलावा लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा समानरूपमा ३०-३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ तथा सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ पिन्ट गरी कुल ४१२ पिन्ट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ।
साथै, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २४औं वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीलाई मार्गदर्शन गर्ने सञ्चालक समिति अध्यक्ष तथा सदस्यहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकायहरू र सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै माया, विश्वास र सहकार्य प्राप्त हुने अपेक्षा व्यक्त गरे।
वैशाख २३, २०८२ मंगलबार १४:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।