नीति तथा कार्यक्रमको प्याराडाइम सिफ्ट भएको छ : सांसद् भट्टराई

नीति तथा कार्यक्रमको प्याराडाइम सिफ्ट भएको छ : सांसद् भट्टराई
फाइल तस्बिर

काठमाडौं : एमाले सांसद् योगेश भट्टराईले सरकारले परम्परागत नीति तथा कार्यक्रममा हस्तक्षेप गरेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकारले यसपटकको नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको बताए।

उनले भने, ‘यो नीति तथा कार्यक्रममा नेपाल सरकारले प्याराडाइम सिफ्ट गर्न खोजेको छ। परम्परागत नीति तथा कार्यक्रममा केही हस्तक्षेप गरेको छ। भएजति लेख्ने तर कार्यान्वयन केही नगर्ने कुराबाट सरकार मुक्त हुनुपर्छ।’

सरकारले यसपटक गर्नसक्ने कामलाई मात्र नीति तथा कार्यक्रममा समेटिएको बताए।

वैशाख २३, २०८२ मंगलबार १२:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।