नेता र कर्मचारीको सम्पत्ति छानविन गरे गणतत्र सुदृढ हुन्छ : धनराज गुरुङ

नेता र कर्मचारीको सम्पत्ति छानविन गरे गणतत्र सुदृढ हुन्छ : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद धनराज गुरुङले २०४६ सालयता लाभका पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानविन गर्न प्रस्ताव गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘२०४६ सालयताका लाभको पदमा पुगेका सबै नेता तथा कर्मचारीको सम्पत्ति छानविन गर्नका लागि सर्वशक्तिमान उच्चस्तरीय आयोग गठन गर्ने कि नगर्ने? मैले संसदमै दर्ता गरेको एक वर्ष भइसक्यो त!’

‘छानविन आयोग गठन गर्ने। जसको सम्पत्तिको श्रोत खुल्दैन, जफत गर्ने। त्यो आँट गर्नुपर्छ अब। यो व्यवस्थालाई सुदृढ गर्ने बाटो यो हो,’ उनले थपे, ‘यसरी जाँदा गणतन्त्र पनि सुदृढ होला, व्यवस्था पनि सुदृढ होला।’

वैशाख २३, २०८२ मंगलबार १२:३०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।