भारतले जुनसुकै बेला आक्रमण गर्नसक्छ : पाकिस्तानी रक्षामन्त्री आसिफ

भारतले जुनसुकै बेला आक्रमण गर्नसक्छ : पाकिस्तानी रक्षामन्त्री आसिफ

एजेन्सी : पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले नियन्त्रण रेखा (एलओसी) मा जुनसुकै बेला सैन्य कारबाही गर्न सक्ने दाबी गरेका छन्। साथै उनले पाकिस्तानले यसको उचित जवाफ दिने समेत बताएका छन्।

ख्वाजा आसिफले प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभका लागि यस क्षेत्रलाई आणविक युद्धको छेउमा धकेलिरहेको आरोप लगाए।

यसका अलावा उनले भारतले खैबर पख्तुनख्वा र बलुचिस्तानमा आतंकवाद फैलाइरहेको बताउँदै यसबारेमा सन् २०१६/१७ मा संयुक्त राष्ट्र संघलाई प्रमाण समेत दिएको उनको भनाइ छ।

भारत सरकारले मे ७ मा देशका २४४ जिल्लाहरूमा मार्क डिल गर्न भनेको थियो। यसमा, नागरिकहरूलाई आक्रमणको समयमा आफ्नो सुरक्षाको लागि तालिम दिइनेछ। हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइनेछ।

अर्कोतर्फ, पाकिस्तानले लगातार १२औं दिन पनि युद्धविराम उल्लंघन गरेको छ। पाकिस्तानी सेनाले मे ५-६ को राति नियन्त्रण रेखामा आठ स्थानहरूमा गोलीबारी गरेको थियो।

कुपवाडा, बारामुल्ला, पुंछ, राजौरी, मेन्धर, नौशेरा, सुन्दरबनी र अखनूरमा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको थियो।

भारतमा पछिल्लो पटक सन् १९७१ मा मार्क डिल गरिएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच युद्ध भएको थियो।

वैशाख २३, २०८२ मंगलबार ०९:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।