युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै विमानस्थल बन्द गरियो : रुस

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका सबै विमानस्थल बन्द गरियो : रुस

एजेन्सी : रुसले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण भएको दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा भनेको छ- ‘सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ।’

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन्- ‘कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नुअघि नै नष्ट गरिएको थियो।’

ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको र आक्रमणबाट कुनै पनि हताहतका घटना नभएको उनको भनाइ छ।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर, युक्रेनी शहर खार्किभका मेयरले रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन्।

वैशाख २३, २०८२ मंगलबार ०८:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।