
साउदी अरेबियाको आकाशमा बालुवाको आँधी, भिजिविलिटी १०० मिटरभन्दा कम

एजेन्सी : साउदी अरेबियाको अल कासिम क्षेत्रको सम्पूर्ण शहरलाई बालुवाको आँधीले ढाकेको छ।
आइतबार आएको आँधीले पूरै आकाश धुलो र बालुवाले ढाकिएको थियो भने भिजिविलिटी १०० मिटरभन्दा कममा झरेको थियो।
आँधीका कारण १५०० देखि २००० मिटरको उचाइसम्म धुलोको ढाकिएको थियो।
साउदी राष्ट्रिय मौसम विज्ञान केन्द्रले मानिसहरूलाई मौसम चेतावनीमा ध्यान दिन र सुरक्षा निर्देशनहरू पालना गर्न सल्लाह दिएको छ।
यसका साथै जाजान, असिर, अल बहा, मक्का, रियाद र अल कासिमका केही भागहरूमा भारी वर्षाको चेतावनी दिइएको छ।
बालुवाको आँधी एक प्राकृतिक मौसमी घटना हो जुन मुख्यतया मरुभूमि क्षेत्रहरूमा हुन्छ। गर्मीका कारण यी क्षेत्रहरूमा न्यून चापीय क्षेत्र बन्छ, जसले गर्दा तीव्र हावा चल्छ।
तातो हावा र अस्थिर मौसमले बालुवाको आँधी निम्त्याउँछ। कहिलेकाहीँ चिसो र तातो हावाको टक्करका कारण पनि आँधीबेहरी आउँछ।
वैशाख २३, २०८२ मंगलबार ०८:१४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।