‘इन्डियन आइडल १२’ का विजेता पवनदीप सवारी दुर्घटनामा गम्भिर घाइते

काठमाडौं । ‘इन्डियन आइडल १२’ का विजेता तथा चर्चित गायक पवनदीप राजन दुर्घटनामा परेका छन्।
सोमबार बिहान भारतको उत्तराखण्ड राज्यमा उनको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो। स्थानीय प्रहरीका अनुसार दुर्घटनामा पवनदीप गम्भीर घाइते भएका छन्।
अहिले सामाजिक सञ्जालमा उनको प्रशंसकहरूले स्वास्थ्यलाभको कामना गरिरहेका छन्। पवनदीप राजनले ‘इन्डियन आइडल १२’ जितेपछि संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेका थिए। उनको आवाजले धेरैको मन जितेको छ।
वैशाख २२, २०८२ सोमबार २०:०८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।