राजावादी आन्दोलनको छलफल सक्काए लगत्तै समातिए खेमराज

काठमाडौं : तीनकुनेमा चैत १५ मा भएको घटनामा संलग्न रहेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका-३ का ७२ वर्षीय खेमराज सेढाईं पक्राउ परेका छन्। तीनकुनेको हिंसात्मक प्रदर्शनपछि सुस्ताएको राजा फर्काउने आन्दोलन पुन सुरु गर्न सुकेधारामा बसेको बैठकमा सहभागी भएर फर्किने क्रममा उनी पक्राउ परेका हुन्।
सुकेधारास्थित एक पार्टी प्यालेसमा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन पुन सुरु गर्ने विषयमा छलफल राखेको थियो। उनी सोही छलफलमा सोमबार सहभागी थिए। उनी विरुद्ध हिंसात्मक आन्दोलनमा सहभागी रहेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।
वैशाख २२, २०८२ सोमबार १७:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।