पत्रकार रजकलाई राज्यले मारेको सांसद कार्कीको दाबी

पत्रकार रजकलाई राज्यले मारेको सांसद कार्कीको दाबी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसदमा चैत १५ को तीनकुने प्रदर्शनस्थल नजिकैको घरमा भएको आगलागीमा परेर मारिएका पत्रकार सुरेश रजकलाई राज्यले मारेको दाबी गरिन्।

प्रदर्शनकारीले लगाएको आगोमा परेर रजकको मृत्यु भएको थियो। प्रहरीले आगलागीमा संलग्न लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सोमबार प्रतिनिधि सभामा सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा आफ्नो प्रस्तावबारे बोल्नेक्रममा उनले विभिन्न आन्दोलनमा मारिएकाहरूलाई श्रद्धाञ्जली दिने क्रममा तीनकुनेमा राज्यले हत्या गरेका भन्दै रजकलाई पनि श्रद्धाञ्जली दिएकी थिइन्।

उनले संसद्मा बोल्दै ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्दै वैशाख १ को सम्बोधनमा विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्कन आव्हान गरेको भन्दै प्रशंसा गरेकी थिइन्।

वैशाख २२, २०८२ सोमबार १५:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।