दुई राउन्ड गोली हान्दा पनि समातिएनन् ब्राउन सुगर कारोबारी

दुई राउन्ड गोली हान्दा पनि समातिएनन् ब्राउन सुगर कारोबारी
सांकेतिक तस्बिर : एआइ

काठमाडौं : ब्राउन सुगरको कारोबारी भएको सूचनाको आधारमा झापा प्रहरी सोमबार बिहान ९ बजे कनकाई नगरपालिका सुरुङगा-झापा सडक खण्डमा गयो। त्यहाँ चेक पोइन्ट थापेर सवारीसाधन चेकिङमै थियो प्रहरी टोली।

झापा प्रहरीका अनुसार बीआर ३७टी९१९८ नम्बरको मोटरसाइकल रोकियो। प्रहरीले जब उनको चेकजाँच सुरु गर्न लाग्यो उनी झोला त्यही हुत्ताएर भागे। उनी झोला लिएर भागेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलायो। तर लागेन, सहजै उम्किए।

पछि प्रहरीले उनले छाडेर भागेको झोलामा हेर्दा ब्राउन सुगर जस्तो वस्तु फेला पर्यो। त्यसको तौल २ सय ग्राम देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

वैशाख २२, २०८२ सोमबार १४:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।