नीति तथा कार्यक्रममाथि छलफल सुरू, प्रचण्ड बोल्न लागेपछि उठेर हिँडे ओली (चार तस्बिर)

नीति तथा कार्यक्रममाथि छलफल सुरू, प्रचण्ड बोल्न लागेपछि उठेर हिँडे ओली (चार तस्बिर)

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफल गर्नको लागि प्रस्ताव गरेसँगै यसको यसमाथिको छलफल सुरु भएको हो।

छलफलमा सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुँदैछन्।

यद्यपि उनले नीति तथा कार्यक्रमका बारेमा आफ्ना धारणा प्रस्तुत गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने हिँडेका थिए।

उनले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आफू अर्को कार्यक्रममा जानुपर्ने भएकाले निस्कन लागेको भनेर निस्केका थिए। त्यस क्रममा प्रचण्डले ‘हुन्छ’ भनेर मुन्टो हल्लाएका थिए।

ओली र प्रचण्डको यो सौहार्दता देखेर वरपरका सांसदहरू मुस्कुराएका थिए। त्यसपछि ओली बाहिरिए  भने प्रचण्डले आफ्ना भनाइ राखे।

वैशाख २२, २०८२ सोमबार १४:०९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।