सरकार सहमतिमै अघि बढिराछ, ध्वनी प्रदुषण निरर्थक भो : सूर्य थापा

काठमाडौं : एमाले सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस-एमाले नेतृत्वको सरकार आपसी सहमतिमा अघि बढिरहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको र अब बजेट ल्याउने तयारीमा रहेको उल्लेख गरे।
उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ। तर, सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्य र बकवासहरू निरर्थक सावित भएका छन्।’
सांसद थापाले यसअघिको सरकारको २० महिनाको शासन पनि देखिएको भन्दै पाकिस्तानको जस्तो फाइल खोल्ने हुँकार गरेको समेत आरोप लगाए।
उनले थपे, ‘पछिल्लो २० महिनाको शासन देखेकै हौँ। पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो। तिनको हविगत के भएको छ? त्यो नदेखेको होइन। त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी माननीयले भोग्नुभएको छ। कुशासनको रुप त्यसरी प्रकट भएको थियो। सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो।’
वैशाख २२, २०८२ सोमबार १३:१०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।