मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

धनुषा : मधेश प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचना निकालेर यसबारेमा जानकारी दिएको हो।

सूचनामा वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

वैशाख २२, २०८२ सोमबार १२:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।