दराज नेपालको ५.५ मा ७५ प्रतिशतसम्म छुट र १ करोड बराबरको भौचर उपलब्ध

काठमाडौं : अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अभियान सुरु गरेको छ।
वैशाख २२ देखि २६ गते (मे ५–९, २०२५) सम्म सञ्चालन हुने उक्त अभियानमा ग्राहकले ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर पाउनेछन्।
दराजका अनुसार सिताफिल, ब्राण्डहाउस, ह्रोटोजस्ता लोकप्रिय ब्रान्डहरूमा विशेष छुट सहितको फ्ल्याश सेल हरेक दिन दराज एपमा अपडेट हुनेछन्। कम्पनीले ‘फ्ल्याश सेल’ सेक्सन नियमित हेर्न ग्राहकलाई आग्रह गरेको छ।
‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा सबभन्दा सस्तो मूल्यको ग्यारेन्टी दिइएको छ। यदि अन्य प्लेटफर्ममा त्यो भन्दा कम मूल्य भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर फिर्ता दिने जनाएको छ।
रु. ४९९ वा सोभन्दा बढीको खरिदमा छनोट गरिएका विक्रेताबाट निःशुल्क डेलिभरी सेवा पनि उपलब्ध हुनेछ। स्वास्थ्य, फेशन, अडियो, फर्निचर, घर सजावट लगायत विभिन्न श्रेणीमा अफर दिइने कम्पनीले जनाएको छ।
वैशाख २२, २०८२ सोमबार १२:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।