फुडमाण्डुको सेवा विस्तार : ‘मध्यरात्रि फुड डेलिभरी’ सुरू

फुडमाण्डुको सेवा विस्तार : ‘मध्यरात्रि फुड डेलिभरी’ सुरू

काठमाडौं : नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले ग्राहकको मागलाई ध्यानमा राख्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सुरू गरेको छ। यस सेवामार्फत ग्राहकहरूले राति १२ बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन्।

सेवाको सुरुवात काठमाडौं उपत्यकाको रिङरोड तथा वरपरका क्षेत्रहरूबाट गरिएको छ। कम्पनीका अनुसार चाँडै नै उपत्यकाका अन्य स्थानहरूमा पनि यो सेवा विस्तार गरिनेछ।

फुडमाण्डुकी ब्राण्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले ग्राहकहरूको जीवनशैली अनुसार सेवा परिमार्जन गरिँदै आएको उल्लेख गर्दै भनिन्, ‘मध्यरात्रिको यो सेवा ग्राहकहरूको आवश्यकता बुझेर सुरु गरिएको हो।’

सन् २०१० मा स्थापना भएको फुडमाण्डु हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखरामा १,००० भन्दा बढी रेस्टुरेन्टहरूमार्फत सेवा दिँदै आएको छ। फुडमाण्डुले वानमार्टमार्फत दैनिक उपभोग्य वस्तुहरू पनि तुरुन्त डेलिभरी गर्दै आएको छ।

वैशाख २२, २०८२ सोमबार १२:१८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।