ब्रिटिस कलेज र लिड्स बेकेट विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न

ब्रिटिस कलेज र लिड्स बेकेट विश्वविद्यालयबीच विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न

काठमाडौं : द ब्रिटिस कलेज (टीबीसी) र बेलायतको लिड्स बेकेट विश्वविद्यालय (एलबीयू) बीच तेस्रो पटक विद्यार्थी एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ।

अप्रिल १९ देखि एक साता चलेको कार्यक्रममा दुवै संस्थाका १६ विद्यार्थीले सहभागी भएर 'सामाजिक परिवर्तनका लागि आईओटी र आर्डुइनो' विषयमा काम गरे।

कार्यक्रममा सहभागी विद्यार्थीले पहिरो चेतावनी प्रणाली, स्मार्ट पानी निगरानी, नाइटगार्ड, र वन विनाश निगरानी एप जस्ता नवीनतम प्रोटोटाइप विकास गरे।

क्रस-कल्चरल टिममा आधारित यस कार्यक्रममा दुवै देशका विद्यार्थीहरुलाई मिसाएर काम गराइएको थियो।

कार्यक्रमको नेतृत्व एलबीयूकी डा. पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए।

विद्यार्थीहरूबीच संस्कृति, विचार र प्रविधिको आदानप्रदान गर्दै यो कार्यक्रममा अन्तर्राष्ट्रिय साझेदारी, अनुसन्धान र नवप्रवर्तनमा सहकार्यको नयाँ ढोका खोलिएको कलेजले जनाएको छ।

वैशाख २२, २०८२ सोमबार १२:१३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।