‘कार्ल्सबर्ग गल्फ क्लासिक’ सम्पन्न, लामालाई कोपनहेगन ट्रीप पुरस्कार

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ सम्पन्न, लामालाई कोपनहेगन ट्रीप पुरस्कार

काठमाडौं : कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगितामा फुन्टसोक एन लामा विजेता बनेका छन्।

उनले ४२ अंकसहित उपाधि जित्दै डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरी भ्रमणको ट्रीप पुरस्कारमा प्राप्त गरे।

एकदिवसीय प्रतियोगितामा १०० गल्फरले सहभागिता जनाएका थिए। बेस्ट ग्रस उपाधि टाशी छिरिङले, रनरअप नामग्याल टि लामाले, महिला विजेता गीता गुरुङ, सिनियरतर्फ अर्जुन कार्की, महिला उपविजेता सुस्मिता खड्का रहे।

छेवाङ शेर्पाले ‘कोल्जेस्ट टु द पिन’, प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’ जिते भने फुन्टसोक नोर्बु लामाले ५ बर्डिज र १ ईगलसहित ‘मोस्ट बर्डिज’ उपाधि प्राप्त गरे।

विजेताहरुलाई गोर्खा ब्रुअरीका एमडी अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले ट्रफी र कार्ल्सबर्गको गिफ्ट ह्याम्पर प्रदान गरे।

वैशाख २२, २०८२ सोमबार १२:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।