एनएमबि बैंकद्वारा बाह्रौं ‘हेरिटेज वाक’ सम्पन्न, सातै प्रदेशमा सांस्कृतिक जागरण

काठमाडौं : एनएमबि बैंक लिमिटेडले सांस्कृतिक सम्पदा संरक्षण तथा सामाजिक जागरूकता अभिवृद्धिको उद्देश्यसहित बाह्रौं ‘हेरिटेज वाक’ कार्यक्रम देशभर सम्पन्न गरेको छ।
गट्ठाघर शाखाबाट सुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरमा पुगेर समापन भएको मुख्य कार्यक्रममा करिब ७०० जना सहभागी थिए।
बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका प्रतिनिधि, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख सहयोग तथा नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ।
यो वर्षको हेरिटेज वाक कार्यक्रम बैंकले सातै प्रदेशमा एकसाथ सम्पन्न गरेको हो।
कोशी प्रदेशमा कार्यक्रम पूर्व बस स्ट्यान्डदेखि पाथिभरा मन्दिर (झापा) सम्म, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि शंकराचार्य गेटसम्म, बागमती प्रदेशमा चितवनको लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा पोखराको लेकसाइड शाखादेखि राम मन्दिर (बिरौटा) सम्म, लुम्बिनी प्रदेशमा भलवारी शाखादेखि मोक्षधाम सेवा आश्रमसम्म, कर्णाली प्रदेशमा वीरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म आयोजित गरिएको थियो।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
वैशाख २२, २०८२ सोमबार ११:५९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।