नेपाल एसबिआई बैंकद्वारा सर्लाहीको मुसहर समुदायलाई शैक्षिक तथा अत्यावश्यक सामग्री वितरण

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका-७ स्थित मुसहर समुदायका लागि शैक्षिक तथा अत्यावश्यक सामग्री वितरण गरेको छ।
बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले आयोजित कार्यक्रममा करिब ५० परिवारका सदस्य तथा बालबालिकालाई सामग्री हस्तान्तरण गरे। कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंकका अधिकारीहरू तथा नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले आर्थिक रूपले विपन्न तथा सामाजिक दृष्टिले पछाडि पारिएका समुदायहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको जनाएको छ।
नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
वैशाख २२, २०८२ सोमबार ११:५६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।