विना दबाब रुसले युद्ध अन्त्य गर्दैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले विना दबाब युद्ध अन्त्य नगर्ने बताएका छन्। त्यसका लागि रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक भएको उनको भनाइ छ।
‘आज ५४ औं दिन हो जब रूसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई बेवास्ता गरेको छ,’ जेलेन्स्कीले एक्समा पाेस्ट गरे।
‘युद्ध अन्त्यका लागि तीनवटा कुरा आवश्यक छ- रूसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभरि बढ्दो रक्षा सहयोग। युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन् भन्ने कुरा रूसले जान्नुपर्छ , उनले भने।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मे ४, आइतबार चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग भेट गरे।
रोयटर्सको रिपोर्ट अनुसार, प्रागमा एक संयुक्त पत्रकार सम्मेलनमा, जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रूसमाथि दबाब दिन अपील गरे।
वैशाख २२, २०८२ सोमबार ०७:३८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।