मिस नेपाल अश्मा टाइटनको ब्रान्ड एम्बेसडर

मिस नेपाल अश्मा टाइटनको ब्रान्ड एम्बेसडर

काठमाडौं : विश्वको पाँचौँ ठूलो घडी निर्माता टाइटन कम्पनी लिमिटेडले मिस नेपाल सुश्री अश्मा कुमारी केसीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। २० वर्षदेखि नेपालमा आफ्नो उपस्थिति बढाउँदै आएको टाइटनका लागि अश्मा ब्रान्ड एम्बेसडरमा नियुक्त भएको हुन्।

‘हामी अश्मालाई टाइटन परिवारमा स्वागत गर्दा अत्यन्तै खुसी छौँ,’ टाइटनका नेपालका कन्ट्री मेनेजर वसन्त वासुदेवनले भने ‘उनको यात्रा हाम्रो मूल्य, आकाङ्क्षा र उत्कृष्टतासँग मिल्छ।’

नेपालका आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले भर्खरै वीरगन्ज र सिमरामा नयाँ टाइटन स्टोरहरू खोल्ने तयारीको क्रममा अश्मालाई ब्रान्ड एम्बेसडर बनाउनु महत्त्वपूर्ण कदम रहेको बताए।

कार्यक्रममा अश्माले टाइटन जस्तो प्रतिष्ठित ब्रान्डसँग जोडिन पाउनु आफ्नोलागि सम्मानको कुरा भएको र यो केवल घडी मात्र नभई व्यक्तिगत उपलब्धि र अर्थपूर्ण शैलीको प्रतीक समेत रहेको बताइन्।

कम्पनीले अश्मालाई आगामी विज्ञापन र डिजिटल प्लेटफर्महरूमा टाइटनका नवीनतम डिजाइनहरूसँग प्रस्तुत गरिने जानकारी दिएको छ।

टाइटनको घडी २५ देशमा बिक्री हुने गरेका छन्। कम्पनीका अनुसार यसको २० करोड भन्दा बढी ग्राहक आधार छ। कम्पनीले विश्वकै सबैभन्दा पातलो घडी - टाइटन एजका लागि प्रतिष्ठित रेड डट डिजाइन समेत पाएको थियो।

वैशाख २१, २०८२ आइतबार २२:०३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।