प्रधानमन्त्रीले भेट्न खोजेपछि माओवादी अध्यक्ष प्रचण्ड गए सिंहदरबारमा

प्रधानमन्त्रीले भेट्न खोजेपछि माओवादी अध्यक्ष प्रचण्ड गए सिंहदरबारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ। दुवै नेताबीच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेट भएको हो।

सङ्क्रमणकालीन न्याय र सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको नेतासँग छलफल गर्न चाहेपछि प्रचण्ड सिंहदरबार गएको बताइएको छ। भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन समेत सहभागी छन्।

वैशाख २१, २०८२ आइतबार १८:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।