वित्त आयोगका पूर्व अध्यक्ष सहितमाथि छानबिनको माग गर्दै संसदीय समितिमा उजुरी

काठमाडौं : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलसहितमाथि छानबिनको माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको अर्थ र सुशासन समितिमा उजुरी परेको छ।
वित्त आयोगका पूर्व अध्यक्ष पौडेलको मिलेमतोमा एक गैरसरकारी संस्थाले आयोगका सदस्यहरूलाई थाहै नदिई वित्तीय सङ्घीयतामा अनुसन्धान गर्न रकम दिएको, एक एनजिओको प्रभावमा रेडियो फ्रिक्वेन्सीको रोयल्टीबारे वित्त आयोगले आफूले अनुसन्धान नगरेर एसिया फाउन्डेसनको प्रभावमा परेर रोयल्टी दर निर्धारण गरेको र आयोगले प्रक्रिया नै नपुर्याइ गैरसरकारी संस्थालाई आयोगको काम दिएको आरोपसहित उजुरी गरेको हो।
अर्थ समितिका सभापति सन्तोष चालिसेले केही दिन अघि छानबिनको मागसहित निवेदन आएको जानकारी दिए।
‘वित्त आयोगका पूर्व अध्यक्ष र अन्य सदस्यमाथि प्रश्न उठेको भन्दै समितिमा निवेदन परेको छ। समितिको बैठकमा पेस गर्न पाएको छैन’ उनले भने।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भएका बदमासीबारे उकेराले खोजमूलक समाचार प्रकाशित गरेको थियो। उकेराको खोजमा आयोगका पदाधिकारीहरूले बदनियतपूर्वक रूपमा काम गरेको देखिएको थियो।
यो पनि:
वैशाख २१, २०८२ आइतबार १६:४९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।