सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो।

आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 
 

वैशाख २१, २०८२ आइतबार १२:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।